Logo

नेपाल पुनर्बीमा सहित यी कम्पनीको उच्च कारोबार



काठमाडौं, १० असार । शेयर बजारमा आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ३७ करोड ७६ लाख बढीको शेयर कारोबार भएको छ भने प्रतिकित्ता १६ सय ६९ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ११ सय ८९ रुपैयाँ कायम भई ३५ करोड २२ लाख बढीको रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, अपर तामाकोशीको २८ करोड ९२ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

नेप्सेको अनुसार आज नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ८० लाख, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको १९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्