Logo

नेपाल टोस्टमास्टर्सद्वारा भर्चुअल साइटेसन २०२१ आयोजना



काठमाडौं १० असार । नेपालमा टोस्टमास्टर्सले पब्लिक स्पिकिंग र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको छ ।
करीब ३०० सदस्यहरुको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपाल (www.toastmastersnepal.org),  ले असार ५ गते एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको हो ।

भी साइटेसनको क्रममा डिभिजन निर्देशकहरुले आफ्नो उपलब्धिहरु प्रस्तुत गरेका थिए । टोस्टमास्टर अफ द एर अवार्डबाट निल पाण्डे(डिभिजन ए), सुभरथ पौडेल (डिभिजन एन) र कुमार थापा(डिभिजन ओ) लाई सम्मानित गरे । कार्यक्रममा विगत दुई वर्षदेखि डिस्ट्रिक्ट प्रतियोगितामा विजय भएका नेपालका टोस्टमास्टर्सहरुलाई पनि सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरुमा असिरा खनाल, टेबल टपिक्स स्पिच कन्टेस्ट(२०१९–२०), प्रिया चाँपागाई, इभ्यालुएसन स्पिच कन्टेस्ट(२०१९–२०), अल्फा मैया शाक्य, इन्टरनेशनल स्पिच कन्टेस्ट(२०१९–२०), प्रिया चाँपागाई, टेबल टपिक्स कन्टेस्ट (२०२०–२१), श्रेया घिमिरे, इभ्यालुएसन स्पिच कन्टेस्ट(२०२ं०–२१)प्रिया चाँपागाई, उप–विजेता, इन्टरनेशनल स्पिच कन्टेस्ट(२०१९–२०) लाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा प्रशान्त पौडेल (डिभिजन ए), प्रज्जवल शायमी (डिभिजन एन) र देवना सिंग थापा (डिभिजन ओ)ले आफ्नो प्रस्तुतीले रमाइलो बनाएका थिए । सेग्मेन्ट “हिडन ट्यालेन्ट अफ नेपाल” मा ३ डिभिजनका प्रतियोगी मन्डाकिनी के.सी.(डिभिजन ए), साकार हाँडा (डिभिजन ओ) र प्रवीन श्रेष्ठ (डिभिजन ओ)ले सहभागी थिए । जसमा प्रज्जवल शायमी ह््युमर सेग्मेन्टमा विजय भए भने शाकार हाँडा हिडन ट्यालेन्ट अफ नेपाल सेग्मेन्टमा विजय भए ।

डिस्ट्रिक्ट ४१ का पीक्युडी रञ्जित आचार्यले भने, “जिल्ला निर्देशकको रुपमा आगामी कार्यकालको लागि निर्वाचित भएर विश्वकै सबै भन्दा ठूलो जिल्लालाई नेतृत्व गर्न पाउँदा म अत्यन्तै हर्षित छु । नेपालका टोस्मास्टर्सले थप दुई जिल्ला टोर्ली सामिल गर्दै प्रभावशाली नेतृत्वको उदाहरण बनेका छन् ।” साइटेसन, वार्षिक गालाले सबै सदस्यहरुलाई एकिकृत गरी उनीहरुको विकास प्रतिको प्रतिबद्धता अझै मजबुत पार्दछ ।

दुई घण्टाको भर्चुअल इभेन्ट ३ डिभिजनका कन्ट्री पि.आर द्वारा आयोजित कार्यक्रम निकै रोचक रमाइलो भएको थियो । नेपालको टोस्टमास्टर्सको संयोजकको रुपमा रिमाक्र्ड भएका सुमन शाक्यले भने, “धेरै व्यक्तिहरु अझ राम्रो वक्ता र नेता बन्न सशक्त भएको हुँदा सन् २०२४ सम्ममा नेपालमा १०० वटा क्लबहरु खोल्ने र यसलाई डिस्ट्रिक्टको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य जारी छ ।”



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम