Logo

बाहृय हस्तक्षेप अस्विकार्य : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनतासामू गरेको प्रतिबद्धताअनुसारनै अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुभन्दा राम्रा नेता ल्याए आजै छोड्न तयार रहेको पनि बताए । उनले आफूले यो तीन वर्षमा केपी शर्मा ओलीलाई राम्रोसँग चिनेको पनि टिप्पणी गरे । आज (बिहीबार) संसद् भवनमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले आफूहरुको यो गठबन्धन लोकतन्त्र र संविधान रक्षार्थ गठन भएको गठबन्धन सुनाए । उनले सबै नेताहरु उस्तै उस्तै हुन भनेर हुर्मत लिने काम भयो भने राजनीतिक भ्याकुम सिर्जना हुनेतर्फ पनि सचेत गराए । उनले आफूहरुले छिमेकीहरुसँग राम्रो सम्बन्ध होस भन्ने चाहेको सुनाए ।

तर, नेपालमा विदेशीहरुको अनावश्यक चलखेल नसहने पनि उनको भनाई थियो । उनले आफूहरुले यो गठबन्धन बनाउँदासम्म धेरै अप्ठ्याराहरु सामना गरेको पनि सुनाए । उनले बहालावाला प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीको लागि जेपनि गर्न तयार भएको सुनाए । उनले आफूहरु राष्ट्र, जनता, संविधान, लोकतन्त्रको हितमा अघि बढ्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्