Logo

‘मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य’



काठमाडौं, असार ११ । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको बताएको छ।

बिहीबार विज्ञप्तिमार्फत् राजधानीको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्ने गरी राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै पार्टीले मन्त्री श्रेष्ठ पदम बस्न अयोग्य भएको दाबी गरेका थिए।

‘जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान प्रभावित भएको भनी सार्वजनिक विवरणप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार सिंहदरबारस्थित प्रहरी कार्यलय पुगेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्