Logo

२२ तले भवन भत्किँदा १ को मृत्यु, ९९ जना सम्पर्क विहिन



एजेन्सी, असार ११ । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा रहेको एउटा आवासिय भवन भत्किँदा १ जनाको मृत्यु भएको छ भने ९९ जना सम्पर्क विहिन भएका छन् ।

सन् १९८० मा निर्माण गरिएको भवन स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भत्किएको हो । २३० वटा फ्ल्याट रहेको यो भवनमा १०२ परिवार बस्दै आएको बताइएको छ । भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्