Logo

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान



काठमाडौं, असार ११। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको उल्लेख गर्दैै महाशाखाले शुक्रबार देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्