Logo

कांग्रेसमाथि खनिए गोकुल बाँस्कोटा, संबिधान रक्षाका नाममा प्रचण्ड र माधब बलमा कांग्रेस जे गर्दैछ…



काठमाडौं, ११ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दलीय स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको बताएका छन् । संविधान रक्षाका नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको बलमा कांग्रेसले गलत काम गरेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । नेता बाँस्कोटाले लेखेका छन्–’दलीय स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो।तर दलभित्र सीमाहिन विद्रोहको स्वतन्त्रताको माग लोकतन्त्र सकिदिने आधार बिन्दु।पहिला दल सकिदिने- त्यसपछि लोकतन्त्र आफै सकिन्छ। संबिधान रक्षाका नाममा प्रचण्ड र माधब बलमा कांग्रेस जे गर्दैछ नि अन्तत त्यो नै संबिधान सक्ने हतियारमा परिणत नहोस।’ file photo



प्रतिक्रिया दिनुहोस्