Logo

हामी केपी ओलीको जालमा फस्यौं भन्नु विल्कुल गलत हो : लक्ष्मणलाल कर्ण (भिडिओसहित)



काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा निवर्तमानमन्त्री लक्ष्मणलाल कर्णले आफूहरु मन्त्री बन्नको लागि हतारिएको भनेर गरिएको टिप्पणी गलत भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु माग र मुद्दा सम्बोधन गराउनको लागि नै सरकारमा सहभागी भएको जिकिर गरे । आफूहरुले यसअघि आफ्ना नेता तथा कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ताको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटेको उनले स्मरण गराए ।

तर, देउवा र दाहालले आफ्ना माग सम्बोधन नगरेको जिकिर गरे । उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा फसेको भन्नु गलत भएको दाबी गरे । उनले भने,‘यो विल्कुल गलत आरोप हो ।’



प्रतिक्रिया दिनुहोस्