Logo

केकीले किन मागिन् क्षमा



काठमाडौं, ११ असार । नायिका केकी अधिकारीले क्षमा मागेकी छिन् । उनले वैचारिक विभेदका लागि भन्दै क्षमा मागेकी हुन् ।

आज ट्वीट गर्दै केकीले आफूबाट भएको वा हुन गएको सबै व्यवहारिक एवम् वैचारिक विभेदका लागि क्षमा मागेकी हुन् ।

केकीले लेखेकी छिन्ः कुनै न कुनै प्रकृतिको भेदभाव,विभेद हामी सबै भित्र दृश्यअदृश्य रुपमा जकडिएको छ। आफूले आफूलाई नियाल्न,मुल्यांकन गर्न र त्यस्ता सोच आफै भित्रबाट निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्। आफूबाट भएको वा हुन गएको सबै ब्यवहारिक एवम् बैचारिक विभेदका लागि म क्षमाप्रार्थी छु।



प्रतिक्रिया दिनुहोस्