Logo

स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण



काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्हण गरेका छन् । हिजोमात्रै, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका थिए । जसमा श्रेष्ठले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी पाएको भोलिपल्ट आज (शुक्रबार) श्रेष्ठले रामशाहपथस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्