Logo

पुनर्निर्माण प्राधिकरणका ईन्जिनियर आन्दोलनमा, प्रहरीले केहीलाई नियन्त्रणमा लियो (फोटोफिचर)



काठमाडौं, ११ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ईन्जिनियरहरु सडक आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हिजोमात्रै उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आज आन्दोलनमा उत्रिने जानकारी दिएका थिए । सोहीअनुसार उनीहरु आज काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

३ हजार इन्जिनियरले भोलि सिंहदरबार घेराऊ गर्ने

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार प्रदर्शनमा उत्रिएका केही कर्मचारीहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्