Logo

हेलम्बुका २ सय बाढी पिडितलाई श्वेताले गरिन् खाना पकाउने ग्याससहित खाद्यान्न सामाग्री वितरण



काठमाडौं, ११ असार । हेलम्बुका बाढी पिडितको लागि नायिका श्वेता खड्काले राहत सामाग्री वितरण गरेकी छिन् । पहिलो चराणमा मेलम्चीका बाढी पिडितलाई राहत वितरण गरेकी श्वेताले दोस्रो चरणमा हेलम्बुका २ सय परिवारलाई खाना पकाउने ग्यास, ५० जना सुत्केरी महिलालाई राहतको प्याकेज, चुल्हो, सिलिन्डर र खाद्यान्न सहयोग गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

पहिलो चरणमा श्वेताले मंगलबार इन्द्रावती नदीमा आएको बाढीले विस्थापित भएका मेलम्चीका सयौ परिवारलाई शुक्रबार हेलिकप्टरमार्फत खाद्यान्न पुरयाएकी थिइन् । उनले १०० बाढी पीडित परिवारको लागि चामल, सिरक, डस्ना, दाल, तेल, बेसार र स्यानेटरी प्याड लगायतका सामान वितरण गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्