Logo

‘सिन्धु सहयोग कोष’मा संरचना पुनःनिर्माणको लागि एकैदिन ३२ लाख जुट्यो



काठमाडौं, ११ असार । संयोजक अभिनेता कृष्ण मल्ल र सह–संयोजक अभिनेत्री करिश्मा मानन्धर रहेको ‘सिन्धु सहयोग कोष’ मा स्थापना भएको पहिलो दिनमै ३२ लाख भन्दा बढी रकम जम्मा भएको छ । सिन्धुपाल्चोकको इन्द्रावति नदीमा आएको असार १ गतेको बाढीले घर लगायत सम्पुर्ण गुमाएका परिवारको पुननिर्माणको सहयोगार्थ कोष स्थापना भएको हो ।

कलाकारहरुको अनुसार कोष स्थापनाको पहिलो दिनमा नै ३२ लाख भन्दा बढी रकम जम्मा भएको हो । बत्तिस पुतलीस्थित हिजो भएको कलाकारहरुको बृहत भेलाले कोष स्थापनाको घोषणा गर्दै आर्थिक सहयोग गर्न आग्रह गरेको छ । कलाकारहरुले संकलन भएको रकम चाडैनै बैंकमा खाता खोलेर राख्ने बताएका छन्।

कोषमा भुवन के.सी, सुरेन्द्र के.सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठ, करिश्मा मानन्धर, जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण के.सी, सुभाष खड्का, लगायतले आर्थिक सहयोग गरेका हुन्



प्रतिक्रिया दिनुहोस्