Logo

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?



काठमाडौं, ११ असार । नेपाली कांग्रेसले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भन्दै प्रश्न उठाएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती निकाल्दै भनेका छन्–‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ?’

शर्माले विभेदको कारण समाजमा अनेक अपमान, अवहेलना र हत्यासमेत जारी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्–शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन्, नवराज विकहरुको घट्ना अझै आलै छ । विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजि गरिरहेको छ । तर, पछिल्ला घट्नामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको छ ।’

हेरौं विज्ञप्ती:



प्रतिक्रिया दिनुहोस्