Logo

जसले इन्द्रियलाई नियन्त्रणमा राख्छ, उसको सफलता निश्चित



एजेन्सी, ११ असार । जब अर्जुन महाभारतको युद्धमा दुविधामा थिए। उनलाई भगवान श्रीकृष्णले जीवन दर्शन दर्शनको त्यस्तो मार्ग देखाए जुन सम्पुर्ण विश्वका लागि प्रेरणाको स्रोत बन्यो । यसलाई श्रीमद् भगवत गीता भनेर चिनिन्छ। यस पुस्तकको प्रत्येक शब्दले जीवनको विभिन्न समयलाई डोर्याउछ । आज हामी गीताको पाँच शिक्षा बारे बताउछौ जसले जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।

कर्ममा विश्वासः गीताको शिक्षा सबैभन्दा प्रमुख सन्देश प्रत्येक व्यक्तिले कर्ममा विश्वास गर्नुपर्दछ । यो संसार कर्मको संसार हो। कर्म तपाईको हातमा छ, नतिजा होइन, त्यसैले कर्ममा केन्द्रित हुनुपर्छ । परिणाम कर्म अनुसार तय गरिएको हुन्छ ।

मायामोह त्याग्नुपर्छः भगवान कृष्ण भन्छन् कि मानिस सधैं आफ्नो इच्छा र चाहनाहरुमा डुब्नु नै उसको सबै दुः खको कारण हो। यदि मानिस यसबाट स्वतन्त्र भई आफ्नो कर्तव्य पालन गर्दछ भने, तब उसको जीवन सार्थक हुनेछ।

इन्द्रियमाथि विजयः गीतामा भनिएको छ कि क्रोध, लोभ, लगाव मानव इन्द्रियका सबै दोषहरू हुन्। मानिस जसले आफ्नो इन्द्रिय र दिमागलाई नियन्त्रणमा राख्छ, उसको सफलता निश्चित छ।

क्रोधले बुद्धिले नष्ट गर्छः गीतामा श्री कृष्णले भनेका छन् कि भगवान शान्त दिमागमा बास गर्नुहुन्छ। जब मानिसमाथि क्रोध बढ्छ, उसको बुद्धिले सही निर्णय लिन सक्दैन, त्यसैले क्रोध त्यागेर जीवनका लक्ष्यहरूतिर लाग्नु पर्छ।

सद्भावमा खुशीः भगवान् कृष्णले एक व्यक्तिलाई हरेक परिस्थितिमा समान हुन सिकाउँछन् । गीतामा यो भनिएको छ, सुख र दुः खमा समान रहनु पर्छ किनकि कुनै अवस्था स्थायी हुँदैन।



प्रतिक्रिया दिनुहोस्