Logo

चीनको बुलेट रेल भारतको सीमा छेउसम्म



एजेन्सी, ११ असार । तिब्बतको जटिल भूगोलमा चीनले बुलेट रेलको विकास गरेको छ । तिब्बती प्लेटुमा रेल प्रतिघन्टा १६० किलोमिटरका दरले कुद्न सक्छ ।

रेल भारतको सीमा नजिकसम्म पुगेको छ भारतको अरुणाञ्चल प्रदेश रहेको सीमाबाट निनग्ची १५ किलोमिटरभन्दा कम दुरीमा पर्छ । रेलको आरम्भ शुक्रबार गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको एक शताब्दी पुग्न लाग्दा बुलेट रेलको आरम्भ गरिएको हो ।

रेल तिब्बतको ल्हासाबाट निगचीसम्म ४३५ किलोमिटर लम्बाईको छ । यो प्रतिघन्टा १६० किलोमिटरका दरले कुद्छ । ल्हासाबाट निगचीसम्मको दुरी साँढे ३ घन्टामै पूरा गर्न सक्छ । ल्हासाबाट सान्नानको यात्रा १ घन्टा १० मिनेट र निगचीसम्मको यात्रा ३ घन्टा २९ मिनेटमा पूरा गर्न सक्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

यसअघि चेङदुबाट ल्हासाको रेल यात्रा ४८ घन्टा रहेकोमा अब १३ घन्टा मात्र भएको छ ।

 

चाइना नेस्नल रेल्वे कर्पोरेशनले तिब्बतको चीनका अन्य प्रान्त र क्षेत्रहरुसँग सम्पर्क बलियो बनाउन महत्वपूर्ण सफलता हासिल भएको उल्लेख गरेको छ ।

तस्बिर स्रोतः पिपल्स डेली



प्रतिक्रिया दिनुहोस्