Logo

इतिहासबाट विदा भैसकेको राजतन्त्रका हिमायतीहरु हौसिन जरूरी छैन : बाबुराम भट्टराई



काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी गरेका छन् । हिजो विपक्षी गठबन्धनको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजाहरुको बरु शान, मान र ईज्जत थियो भनेर बोलेको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको बेलामा नेता भट्टराईले यस्तो बताएका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापाले दाहालको भनाई सही भन्दै संवैधानिक राजतन्त्र कायम गरौं भन्ने प्रस्ताव गरेपछि भट्टराईको यो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्- जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान,मान र इज्जत थियो’भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी छैन।गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं!”



प्रतिक्रिया दिनुहोस्