Logo

राष्ट्रपतिले संविधानले जति अधिकार दिएको छ, त्यति प्रयोग गर्न पाउने हो : अधिवक्ता डा. पण्डित (भिडिओसहित)



काठमाडौं, १२ असार । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरेका छन् । सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दाको बारेमा अहिले नै यसो हुन्छ वा हुँदैन् भनेर टिप्पणी गर्नु गलत हुने भन्दै उनले तर संविधानअनुसार पनि संसद् विघटन गलत रहेकोले अदालतले पूनःस्थापना गर्ने विश्वास दिलाए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नै गलत रहेको जिकिर गरे । संविधानको धारा ७६ को ५ ले प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न सक्ने प्रावधान रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्नु नै गतल र असंवैधानिक भएको उनको टिप्पणी छ । त्यस्तै, उनले राष्ट्रपतिले पनि संविधानले दिएको अधिकारमात्रै प्रयोग गर्न पाउने बताए ।



प्रतिक्रिया दिनुहोस्