Logo

कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा बानियाँ नियुक्त



काठमाडौं, १२ असार । नेपाली कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा नेविसंघ तनुहँका नेता रोजन बानियाँ नियुक्त भएका छन् । कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रञ्जित कर्ण संयोजक रहेको युवा नीति तथा सम्बन्धि विषयगत समितिको सदस्यमा बानियाँलाई नियुक्त गरेको हो ।

काग्रेसका उपसभापति एंव केन्द्रिय नीति, अनुसन्धान तथा प्रतिष्ठानका प्रमुख समेत रहेका बिमलेन्द्र निधिद्वारा हस्ताक्षर गरिएको नियुक्तिपत्रमा प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त गरेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्