Logo

कोरोना केपीजीको प्रिय मित्र भएको छ : बिडारी (भिडिओसहित)



काठमाडौं, १२ असार । राष्टियसभाका सदस्य, बरिष्ठ अधिवक्ता तथा नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपतिमाथि कसैले पनि गाली नगरेको स्पष्ट पारेका छन् । तर, राष्टपतिको भूमिकामाथि प्रश्न उठेकोले अहिले चौतर्फी आलोचना भएको उनको भनाई छ । राष्ट्रपतिले संसद्लाई जिउँदो बनाउनेतर्फ कोशिस गर्नुपर्नेमा त्यसो नगरेको पनि उनले टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति भनेको गणतन्त्रको प्रतिक भएकोले सोहीअनुसारको आचरण निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले केपी शर्मा ओली वैधानिक प्रधानमन्त्री नभएको पनि जिकिर गरे । तर, प्रधानमन्त्री ओलीले मलाई सांसद देख्यो कि डर लाग्छ जस्तो व्यवहार देखाएको पनि उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीलाई निरंकुश शासकको रुपमा भोलिको पुस्ताले पढ्नुपर्ने अवस्था रहेको पनि सुनाए ।

बिडारीले संसद् पूनःस्थापना नभए मुलुकमा ठूलो आन्दोलन हुने पनि टिप्पणी गरे । उनले भने-“आन्दोलनपनि साईत हेरेर, बाजा बजाएर गर्ने हो र ? कोरोना त सरकार आँफैले फैलाउँछ । कहिले रामको विवाह हो भनेर कोरोना फैलाएको छ । कोरोना त केपी ओलीजीको प्रिय मित्र भएको छ । कोरोनाले गर्दा आज यो अभिषापलाई सजिलो भएको छ। त्यसकारण उहाँले कोरोना नियन्त्रण गर्ने हो भने त उहाँले अहिलेसम्म खोपको व्यवस्था गरिसक्नुहुन्थ्यो । कोरोना नियन्त्रण गर्ने भा त अहिलेसम्म त्यत्रा मान्छे मर्दैन थिए । उहाँले भनेको होईन ? नेपाललाई कोरोना लाग्दैन्, लागेपनि कोहीलाई केही हुँदैन् भनेर ?”



प्रतिक्रिया दिनुहोस्