Logo

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा



काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि राजधानीको कुनै एक होटलमा छलफलमा जुटेका छन् ।

छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन् । एमालेभित्रको आन्तरिक समस्याका कारण पूर्व माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई झनै अप्ठ्यारो भएको छ । माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ । Photo Source: Roshan Khadka/Twitter



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम