Logo

कतारी धावकको कार दुर्घटनामा मृत्यु



एजेन्सी, १२ असार । कतारका धावकको कार दुर्घटनामा निधन भएको छ । अब्देल्ला हरौनको आज कार दुर्घटनामा निधन भएको हो ।

२४ वर्षीय धावक हरौनले कतारका लागि धेरैवटा अन्तर्राष्ट्रिय पदक जितेका थिए । उनी टोकियो ओलम्पिकको छनोट तयारीमा थिए ।

सुडानमा जन्मिएका हरौन कतारबाट सन् २०१५ बाट खेल्न थालेका हुन् । उनले २०१६ मा एशियाली गेममा स्वर्ण पदक जितेका थिए ।

हरौनले २०१७ को विश्व च्याम्प्यिनमा ४०० मिटर तर्फ काँस्य पदक जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्