Logo

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा



काठमाडौं, असार १३। नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे(यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भन्नुभयो– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपालधोका दिने मान्छे होइन ।’ उहाँले भन्नुभयो– ‘यो एमाले भित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाजहो । लोकतान्त्रिक प्रक्रियाबाट पनि ताना शाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

नेता नेपालले ओलीको धोकाले आफू मात्रनभई देश नै हैरान भएको टिप्पणी पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री दिएपनि अब विपक्षी गठबन्धनको साथ नछोड्ने बताउनुभयो ।प्रतिनिधिसभा विघटनपछि बनेको विपक्षी गठबन्धनमा एमालेको नेपाल समूहपनि सहभागी छ । संसद् पुनःस्थापना गर्न र कांग्रेसका सभपति शेरबहादुर देउवालाई प्रधान मन्त्रीमा नियुक्ति गर्न मागगर्दै नेपाल समूहका २८ जना सांसदले सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका छन् । एमाले भित्रको विवाद सामाधान गर्न दोस्रा तहका नेताहरू दौड धुप गरिरहे तापनि नेता नेपालभने विपक्षी गठबन्धनमा सहभागी हुँदै सक्रियता बढाइरहनु भएको छ ।ओलीको ताना शाही कदमविरुद्ध लड्न आफूहरू विद्रोही बनेको बताउँदै उहाँले भन्नुभयो– ‘संविधानको धारा ७६ ९५० मा पुगेर ओलीको ताना शाही कदम परास्त गर्न विद्रोही एमाले बन्नु परेको हो ।’ ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य भएको संकेत गर्दै नेपालले ओलीकाकुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाउनुभयो । उहाँले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्नेमा मध्यरातमा संसद् विघटन गरेर गल्ती गरेकोे बताउनुभयो ।देउवाले भन्नुभयो– ‘मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन । अहिले धमाधम शपथ खुवाउनु भयो । राष्ट्रपति हद भन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो ।’ उहाँले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने दाबीगर्दै अदालतबाट संसदर पुनःस्थापितहुने फैसलाआउने बताउनुभयो । सभापति देउवाले माधव नेपालबाट आफूलाई कुनै धोका नहुने विश्वास पनिव्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘माधवजी लडाकू मित्रहो ।उहाँलाई पनिकुनै धोका हुँदैन ।’ राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot