Logo

एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली



काठमाडौं, १३ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालन गर्ने भएको छ । संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर उक्त प्रणाली संचालन गर्ने जनाएको छ ।

संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । संस्थाको अनुसार अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुने संस्थाले विश्वास गरेको छ ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटर अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पु¥याउने जनाएको छ । यसले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । संस्थाको अनुसार प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्