Logo

नेपालमा ३३ लाख परीक्षणमा ६ लाख ३२ हजार जनामा संक्रमण पुष्टि



काठमाडौं, १३ असार । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । एकैदिन ९ हजार बढी संक्रमित थपिएपनि हाल भने २ हजारको संख्यामा संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कुल ३३ लाख १७ हजार ३९ जनाको कोरोना परीक्षण भएको छ । त्यस्तै, अहिलेसम्म ६ लाख ३२ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ लाख ८१ हजार ३२७ जनालाई संक्रमण निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्टबाट नेपालमा ८ हजार ९७५ जना संक्रमितले ज्यान गुमाईसकेका छन् भने ४२ हजार २४ जना उपचारको क्रममा छन् । त्यस्तै, मन्त्रालयको अनुसार देशभर आइसोलेसनमा बस्नेको संख्या ३६१ रहेको छ । गएको २४ घन्टामा ९ हजार ५ सय १० परीक्षणबाट २ हजार १६ नयाँ संक्रमित थपिएका हुन् भने ४९ सय १४ जना संक्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्