Logo

अक्सिजन कन्सनट्रेटरले कसरी काम गर्छ, यस्ता छन् फाइदा



एजेन्सी । अक्सिजन कन्सनट्रेटर एक उपयोगी मेशीन हो, जसले हावामा भएका अन्य ग्यासलाई छुट्टाएर शुद्ध अक्सिजन मात्र आपुर्ति गर्छ । अक्सिजन कन्सनट्रेटरले हावालाई आफुभित्र तानेर उसलाई अन्य ग्यासबाट अलग गरेर शुद्ध अक्सिजन आपुर्ति गर्छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणदर बढेपछि अक्सिजनको संकट भएको थियो । अक्सिजनको अभावमा धेरै नेपाली कोरोना संक्रमितले ज्यान गुमाउन बाध्य भए ।

के हो कन्सनट्रेटर ?

हाम्रो वरिपरि हावामा धेरै प्रकारका ग्यास हुन्छन् । अक्सिजन कन्सनट्रेटर मेसीनले हावालाई आफुभित्र तानेर अन्य ग्याससँग छुट्टाएर शुद्ध अक्सिजनको आपुर्ति गर्छ । अक्सिजनको सपोर्ट नभएको जुन अस्पतालमा मेसीन धेरै उपयोगी हुन्छ ।

यस्ता छन् कन्सनट्रेटरका फाइदाः
यदि कोही व्यक्ति कोरोना संक्रमित भएर घरमै उपचार गरिरहेको छ भने सबैभन्दा राम्रो विकल्प कन्सनट्रेटरको प्रयोग गर्नु हो । यसको साथै कन्सनट्रेटरले १ मिनेटमा ५ देखि १० लिटर अक्सिजन आपुर्ति गर्छ ।

अक्सिजन सिलेन्डरको जस्तो पटक–पटक भरिराख्नु आवश्यकता पर्दैन् । सिलिन्डरलाई जस्तो कन्सनट्रेटरलाई अन्य कुनै उपकरणको आवश्यकता पर्दैन् । कन्सनट्रेटरलाई बिजुली नहुँदा इनभर्टरबाट पनि चलाउन सकिन्छ ।

अक्सिजन सिलिन्डर र कन्सनट्रेटरमा यस्तो छ फरक
अस्पतालमा बेड भर्ना भएका बिरामीहरुलाई अक्सिजनको आपुर्ति पाइपबाट गरिन्छ भने कन्सनट्रेटरलाई सानो र घरेलु अक्सिजन प्लान्ट मानिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot