Logo

चलचित्र क्षेत्रभन्दा बाहिरको युवासँग विवाह गर्छु, आकाशसँग प्रेममा थिईनँ : पूजा शर्मा (भिडिओसहित)



काठमाडौं, १३ असार । चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले आफू अहिले करियरमै फोकस रहेको बताएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी छिन् । उनले काममै व्यस्त रहेकोले विवाहको बारेमा पनि सोच्न नभ्याएको जानकारी दिईन् । उनले आफूले विवाह गर्ने पुरुष चलचित्र फिल्डको नहुने पनि जानकारी दिईन् ।

उनले भनिन्–‘म सकभर चलचित्र फिल्डको भन्दा बाहिरको युवकसँग विवाह गर्छु ।’ उनले आफू अहिलेसम्म कुनैपनि युवासँग प्रेममा नपरेको पनि जिकिर गरिन् । नायक आकाश श्रेष्ठसँग आफ्नो साथीको मात्रै सम्बन्ध रहेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘आकाशसँग मेरो साथीको मात्रै सम्बन्ध हो । त्यो भन्दा केही सम्बन्ध छैन् ।’ उनले नेपालमा राम्रो काम गर्ने नेताहरुको अभाव रहेको पनि सुनाईन् । आफूलाई मनपर्ने नेतामा भने उनले डा. बाबुराम भट्टराईको नाम लिईन् ।



प्रतिक्रिया दिनुहोस्