Logo

अजय देवगन र क्याट्रिनाले सँगै काम नगर्नुको यस्तो छ रहस्य



एजेन्सी, १३ असार । अजय देबगन बलिउडमा लामो समयदेखि मेहेनत गरिरहेका छन् । उनले धेरै फिल्ममा काम गरिसकेका छन् । नाम चलेका सबै अभिनेत्रीहरुसँग उनले स्क्रिन सेयर गरेका छन् तर बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफसँग भने अहिलेसम्म काम गरेका छैनन् । क्याट्रिनासँग बलिउडका ठुला कलाकारहरु काम गर्न भुतुक्कै हुने भएपनि अजयसँग भने काम गरेकी छैनन् ।

अजयसँग क्याट्रिना काम गर्न नचाहेको पनि बजारमा हल्ला छ । तर यो सहि भने होइन् । नयाँ अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने क्याट्रिनाले अजय जस्तो ठुलो स्टारसँग किन काम नगर्ने यो प्रश्न पनि उठ्छ ।

गम्भिर स्वभाव भएका अजयको क्याट्रिनासँग कुनै विवाद पनि भएको छैन् र उनीहरु बीच कुनै समस्या पनि छैन् । तर उनीहरु सँगै काम गर्ने संयोग नजुरेको मात्रै हो ।

अब भने उनीहरु दुईजना एउटै फिल्म ‘सुर्यबंशी’मा देखिने भएका छन् । तर फिल्ममा अभिनेता भने अक्षय कुमार रहेका छन् । अजय यस फिल्ममा रोहित शेट्टिलाई मित्रता निभाउनको लागि मात्र केही मिनेट देखिदैछन् । रोहित शेट्टीले एक पटक सिंघम फिल्ममा अजय र क्याट्रिनालाई एकसाथ लिने कोशिस गरे तर सफल भएनन् ।



प्रतिक्रिया दिनुहोस्