Logo

डेल्टा प्लस भेरियन्ट कोरोना खोपको दुई डोज लगाएकी महिलामा पुष्टि भएको खुलाशा



एजेन्सी, १३ असार । भारतमा हाल कोरोना भाइरसको डेल्टा भाइरसले हंगामा मच्चाइरेको छ । कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो । अब भने डेल्टा प्लस भेरियन्टलाई झन खतरा भनिएको छ ।

भारतको राजस्थानमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पहिलो पटक देखिएको थियो । तर आश्चर्यको कुरा के छ भने जुन ६५ वर्षीया महिला डेल्टा प्लस भेरियन्टबाट संक्रमित भईन् उनले कोरोना खोपको दुई डोज लगाइसकेकी थिइन् । उनलाई मे ३० मा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको हो ।

चीफ मेडिकल एण्ड हेल्थले भारतमा पहिलो पटक कोरोना भाइरसको डेल्टा भेरियन्ट ६५ वर्षीया महिलामा पुष्टि भएको बताएको छ । ती महिला हाल संक्रमणमुक्त भइसकेकी छिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्