Logo

बुवाको हत्या गरेर फरार आफ्नै छोरा पक्राउ



खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राई आइतबार बिहान पक्राउ परेका छन् ।

सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot