Logo

शेयर बजार २७ अंकले बढ्दा ७ अर्बमा खुम्चियो कारोबार



काठमाडौं, १३ असार । साताको कारोबारको पहिलो दिन आज शेयर बजार उकालो लागेको छ । आइतबार (आज) नेप्से २७. ३८ अंकले बढेर १८ सय ७० दशमलव ३८ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९ दशमलव ४१ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ८२ हजार ५५ पटक शेयर कारोबार भएर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता खरिद बिक्रि भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कम्पनीको भएको छ ।



प्रतिक्रिया दिनुहोस्