Logo

पुनर्बीमालाई पछि पार्दै नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार



काठमाडौं, १३ असार । नेप्सेमा आज २७ अंकले बढ्दा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै आज नेशनल हाइड्रोपावर कम्पनीको आज प्रतिकित्ता ३४० शेयरमुल्य मुल्य कायम भई ४० करोड ७० लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, सेन्चुरी कर्मसियल बैंकको आज २९८ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ३७ करोड ८२ लाख बढीको कारोबार भएको छ ।

यसैगरी, सधै शिर्ष स्थानमा कारोबार हुने नेपाल पुनर्बीमा कम्पनीको आज प्रतिकित्ता १७ सय १८ रुपैयाँ कायम भई ३४ करोड १८ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्