Logo

आज सेञ्चुरी बैंकसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौ, १३ असार । शेयर बजारमा आज २२७ कम्पनीको ८२ हजार ५५ पटक शेयर कारोबार भएर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता खरिद बिक्रि भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कम्पनीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकको शेयरमुल्य बढेको छ । बैंकका लगानीकर्ताले आज प्रतिकित्ता शेयरमुल्य २७ रुपैयाँले बढेर ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको आज ७४ रुपैयाँ प्रतिकित्ताले बढेर ८१९ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ ।

यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव २५ प्रशिततका दरले कमाएका छन् । कम्पनीको आज ३३ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बृद्धि भएको हो । यसैगरी, रिडी हाइड्रोपावर कम्पनीको आज ६ दशमलव २६ प्रतिशतले शेयरमुल्य बढेको छ ।



प्रतिक्रिया दिनुहोस्