Logo

प्राधिकरणसँगको वार्तापछि प्राविधिकहरु काममा फर्कन तयार



काठमाडौं, १३ असार । असार ११ गते सिंहदरबार घेराउ गर्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी र प्राधिकरणबिच आज वार्ता भएको छ । प्राधिकरणसँग भएको सकरात्मक वार्ता पछि आन्दोलित प्राविधिकहरु काममा फर्कने भएका छन् ।

ओखलढुंगामा कार्यरत रहदाँ निधन भएका इन्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन पहल गर्ने पनि सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ । यसको साथै प्राविधिकहरुलाई सञ्चार र यातायात खर्च दिने पनि सहमति भएको छ ।

सहमति पत्रमा प्राधिकरणको तर्फबाट श्याम किशोर सिंह र प्राविधिकहरुको तर्फबाट पुननिर्माण प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमर, जोहन श्रेष्ठ, निरज कुमार सिंह लगायत ६ जनाले हस्ताक्षर गरेका छन् ।

असार १० गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराउ पछि राजिनामा दिने उद्घोष गरेका थिए ।

File photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot