Logo

भरपर्दा खेलाडीलाई कोरोना संक्रमण भएपछि क्रोएसियालाई झड्का



एजेन्सी, १३ असार । क्रोएसियाली फुटबल खेलाडी इभान पेरिसिकलाई कोरोना भाइरसको संक्रमण भएको छ । युरो कप अन्र्तगत आज साँझ स्पेनसँग नकआउट चरणमा भिड्न लागेको क्रोएसियालाई यो घटनाले झड्का लागेको छ ।

क्रोएसियाको फुटबल फेडेरेशनले पेरिसिकलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । ३२ वर्षीय पेरिसिक सम्भवत अन्तिम युरो कप खेल्दै थिए ।

क्रोएसियाका भरपर्दा विंगर पेरिसिक कोरोना संक्रमणसँगै खेल्ने छैनन् । अब क्रोएसिया अघिल्लो चरणमा पुगेपनि उनी युरो कप खेल्नबाट वञ्चित हुने भएका छन् । यसले उक्त देशलाई युरो कपमा आज हुने खेलमा ठूलो घाटा परेको छ ।



प्रतिक्रिया दिनुहोस्