Logo

कल्याण गुरुङको घोषणा : म सभापतिमा उठ्छु, अब गुट समाप्त हुन्छन् (भिडिओसहित)



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसलाई सबैको पार्टीलाई सबैको पार्टी बनाउने र भरोसा गर्नलायक पार्टी बनाउने पनि उनले जनाए ।

उनले कांग्रेसलाई पूनः एकपटक ठूलो बनाउनको लागि आफ्नो उम्मेद्धवारी हुने जनाए । उनले पार्टीमा आफ्नो पनि ठूलो योगदान रहेको सुनाए । उनले आफू संघर्षबाट नै आएको बताउँदै कसैले टिपेर बनाएको नेता नभएको जिकिर गरे । आफूले परिवर्तन र न्यायको पक्षमा आवाज उठाएकोले सबैले मत दिने पनि विश्वास गुरुङको भनाई छ । १४औं महाधिवेशनमा परम्परागत गुटहरु समाप्त हुनेपनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्