Logo

बाबुराम भट्टराईलाई ऋषि धमलाको प्रश्न : केपी ओलीलाई विस्थापित गर्न सक्नुभएन, तपाईँहरु कहाँ चुक्नुभयो ? (भिडिओसहित)



काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु कसैलाई ढालेर अरु कसैलाई कुर्सीमा राख्ने अभियानमा नलागेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अन्तर्वार्ताको सुरुवातमै पत्रकार धमलाले “तपाईहरुले बारम्बार केपी शर्मा ओलीलाई भन्नुभएको छ, हामी जसरी पनि यो सरकारलाई ढाल्छौं, यो सरकारलाई विस्थापित गर्छौ भनेर, तर तपाईँहरुले केही गर्न सक्नुभएन, यो सरकारलाई विस्थापित पनि गर्न सक्नुभएन ? ” भनेर राखेको प्रश्नमा नेता भट्टराईले भने-“तपाईको प्रश्न नै मलाई त्यति रुचिकर लागेन, जनतालाई पनि सायद रुचिकर लाग्दैन् । यो कसैलाई ढालेर कसैलाई कुर्सीमा राख्ने अभियान होईन, कमसेकम बाबुराम भट्टराई गत ४५ वर्षदेखि राजनीतिमा लागेको हो, र त्यो उधेश्य राखे । र, आजपनि त्यो होईन् । पहिलो कुरा म यो भन्न चाहन्छु । उनले अहिलेको लडाई अग्रगमन र पश्चगमनबीचको भएको पनि सुनाए । उनले अहिले व्यक्तिगत लडाई नभएको जिकिर गरे ।”



प्रतिक्रिया दिनुहोस्