Logo

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच कर्जा सम्बन्धी सम्झौता



काठमाडौं, असार १४। ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने बैंकले बताएको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकहरुलाई ७० प्रतिशतसम्म कर्जासजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ ओटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने जानकारी दिइएको छ ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरीद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरीदविक्रीसेवा दिंदै आएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ओटा एटिएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्