Logo

बेल्जियमको ‘सुनौलो पुस्ता’ सामु रोनाल्डोको जादू नचलेपछि पोर्चुगल युरोकपबाट बाहिरियो



एजेन्सी, १४ असार । फिफा विश्व वरियतामा पहिलो नम्बरमा हुनुको कारण बेल्जियमले युरो कप फुटबलमा प्रमाणित गरेको छ । फुटबलमा बेल्जियमको ‘सुनौलो पुस्ता’ ले भरिएको खेलाडीले विश्वका सशक्त खेलाडी रोनाल्डोले प्रेरित पोर्चुगललाई पराजित गरेको छ ।

युरोकपको अन्तिम १६ को गएराति सम्पन्न प्रतिष्पर्धामा रोनाल्डोको कुनै जादू चलेन । पोर्चुगलका लागि गोल गरेर किर्तिमान रच्ने उनको उद्देश्यमा समेत धक्का लाग्यो ।

अली दाईसँग गोल संख्या बराबर गरिसकेका रोनाल्डो युरो कपमा गोल थपेर इतिहास रच्ने दिशामा थिए । तर, बेल्जियमको सशक्त टोलीसामु उनको केही लागेन ।

बेल्जियमका लागि हाजार्डले लामो दुरीबाट आकर्षक गोल गरेका थिए । ४२औं मिनेटमा उनले गरेको गोल नै निर्णायक भयो ।

खेलमा डि ब्रुनी, लुकाकु, भेट्रोगेन, विटसल जस्ता स्टार खेलाडीले भरिएको बेल्जियम हावी भएको थियो । पोर्चुगलको आक्रमणलाई बेल्जियमका खेलाडीले निस्तेज पारिरहे



प्रतिक्रिया दिनुहोस्