Logo

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौं, १४ असार । साताको कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँ कामय भएको तेजाबी सुनको मुल्य आज पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।
यसैगरी, चाँदीको मुल्य पनि आज स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्