Logo

नेपालमा कोभिशिल्डको नक्कली खोप बिक्री ! (सूचनासहित)



काठमाडौं १४ असार। कोरोना भाइरस (कोभिड-१९) विरुद्धको नक्कली खोप नेपालमा विक्रिका लागि भित्रिएको खबर बाहिरिएको छ । कोरोना बिरुद्धको खोप अभावको मौका छोपेर कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा विक्रि भएको हो ।

छानविनको माग अघि सार्दै राष्ट्रिय उपभोक्ता मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोविशिल्डको खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गरेका छन् ।

‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ।’, विज्ञप्तिमा भनिएको छ ।

जनताको जनस्वास्थ्य माथि खेलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाहीको उनले माग गरेका छन् । यस बिषयमा थप जानकारीका लागि सम्पर्क गर्दा अध्यक्ष महर्जजनसँग सम्पर्क हुन सकेको छैन ।

दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्