Logo

नबिल इन्भेष्टमेन्टको निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोल्ने सुविधा थप



काठमाडौं, १४ असार । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । बैंकको अनुसार शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

कम्पनीको अनुसार प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने छ ।

सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था कम्पनीले मिलाएको छ ।
खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट .जततउः.http://www.nabilinvest.com.np मा गई अनलाई डिम्याट भित्र जततउः÷÷यलष्लिभमझबत.लबदष्ष्लिखभकत.अयm.लउ मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको जानकारी दिएको छ ।

कम्पनीको अनुसार ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ ।
यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई संस्थाले खाता नम्बर उपलब्ध गराउछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्