Logo

विश्वभर कोरोना संक्रमितको कस्तो अवस्था छ



काठमाडौं, १४ असार । विश्वभर कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । कयौ निर्दोष मानिसहरुले भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

हालसम्म विश्वमा कोरोना भाइरसको संक्रिय सक्रमितको संख्या १ करोड १५ लाख ४४ हजार ५९ जना रहेको छ । त्यस्तै, ८० हजार ४४० जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, अहिलेसम्म विश्वभर १८ करोड १८ लाख ७१ हजार ५०२ जना संक्रमित रहेका छन् भने संक्रमित मध्ये १६ करोड ६३ लाख ८८ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।

वल्डोमिटरको अनुसार विश्वभर हालसम्म ३९ लाख ३९ हजार २१५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसैगरी, अमेरिकामा हालसम्म ३ करोड ४४ लाख ९४ हजार ६७७ जना संक्रमित भएका छन् भने ६ लाख १९ हजार ४२४ जनाको निधन भइसकेको छ ।

अमेरिकामा संक्रमित मध्ये २ करोड ८९ लाख २७ हजार ३३५ जना सक्रमणमुक्त भएका छन् । त्यस्तै, ४९ लाख ४७ हजार ९१८ जना उपचारको क्रममा रहेका छन् । ३ हजार ८३८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्