Logo

ब्राजिलमा कोरोना संक्रमणबाट ५ लाख १३ हजारको मृत्यु



एजेन्सी, १४ असार । विश्व अहिले कोरोना भाइरसको संक्रमणले त्रसित बनेको छ । कोरोना संक्रमणबाट धेरै ज्यान गुमाउनेको मध्ये एक हो ब्राजिल ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५ लाख १३ हजार ५४४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ८ हजार ३१८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, हालसम्म ब्राजिलमा १ करोड ८४ लाख २० हजार ५९८ सक्रमित भएका छन् । संक्रमित मध्ये १ करोड ६६ लाख १३ हजार ९९२ जना निको भएका छन् । त्यस्तै, १२ लाख ९३ हजार ६२ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।

विश्वभर कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । कयौ निर्दोष मानिसहरुले भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हालसम्म विश्वमा कोरोना भाइरसको संक्रिय सक्रमितको संख्या १ करोड १५ लाख ४४ हजार ५९ जना रहेको छ । त्यस्तै, ८० हजार ४४० जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, अहिलेसम्म विश्वभर १८ करोड १८ लाख ७१ हजार ५०२ जना संक्रमित रहेका छन् भने संक्रमित मध्ये १६ करोड ६३ लाख ८८ हजार २२८ जना संक्रमणमुक्त भएका छन् । वल्डोमिटरको अनुसार विश्वभर हालसम्म ३९ लाख ३९ हजार २१५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्