Logo

सार्वजनिक सवारी भोलिबाट, पसल दिनभर खोल्न दिइने (आदेशसहित)



काठमाडौं, १४ असार । सरकारले भोलिबाट निषेधाज्ञा अझ खुकुलो गरेको छ । सार्वजनिक बसहरु सञ्चालन गर्न दिइने भएको छ । पसलहरु दिनभर खोल्न दिइने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी आज निषेधाज्ञासम्बन्धी नयाँ आदेश जारी भएको हो । जस अनुसार २५ सिट क्षमताका सार्वजनिक यात्रुवाहक बस जोर बिजोर प्रणालीमा भोलिबाट सञ्चालनको अनुमती दिइएको छ ।

पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने अनुमति दिइएको छ । खाद्यान्नलगायत अत्यावश्यक सामाग्री विक्रीवितरण गर्ने पसलहरु भने साँझ ६ बजेसम्म खोल्न अनुमती दिइएको छ ।

सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा असारको पहिलो हप्ताबाट खुकुलो गर्दै लगेको थियो । ८ असारबाट जोर बिजोरमा निजी सवारी सञ्चाइन गर्न दिइएको थियो । १५ असारबाट अझ खुकुलो पारेपनि निषेधाज्ञा भने अझै जारी छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्