Logo

ओलीले माधव नेपाललाई भनेः लाज शरम पचेको काँग्रेसको पछि कुद्ने मान्छे



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रोश पोखेका छन् । उनले मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेपाललाई लाज शरम पचेको मान्छे भनेका छन् ।

‘कम्युनिस्ट आन्दोलन सिध्याउने लाज शरम पचेको मान्छे,’ओलीले मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भने, ‘माधव नेपाल भन्ने एकजना काँग्रेसको पछि कुद्ने मान्छे छन् ।’ उनले माधव नेपाललाई पतनको बाटोमा लागेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्