Logo

सुन जस्तो देखिने पहेंलो धातु सहित ३ जना पक्राउ



कैलाली, १४ असार । सुन जस्तो देखिने पहेंलो धातु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका २ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइल सहित डडेल्धुरा अमरगढी नगरपालिका ८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जना पक्राउ परेका हुन् ।

प्रदेश ३.०१ .००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातु सहित फेला पारी कार चालक कार्की समेत ३ जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot