Logo

तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने



काठमाडौं, १४ असार । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि र बाँकी ७० प्रतिशत संस्थापकहरुमा निष्कासन गर्ने जनाएको छ । कम्पनीले बिक्री प्रवन्धकको एनआइबिएल एस क्यापिटललाई जिम्मेवारी दिएको छ अबको २ महिनाभित्र कम्पनीले आइपिओ निष्कासन गर्नु पछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot