Logo

पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने (संघर्षका कार्यक्रमसहित)



काठमाडौं, १४ असार । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षीगठबन्धनमा आवद्ध दलनिकट विद्यार्थी संगठनहरुले देशव्यापी रुपमा संघर्ष गर्ने भएका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।

पाँच विद्यार्थी संगठनमा नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरूको बैठकले संघर्ष गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने उनीहरुको विश्वास छ ।  उनीहरुले असार १६ गते ७७ वटै जिल्लामा र १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त संघर्षका कार्यक्रम गर्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्