Logo

नितु कपुरले आलिया–रणबीरको फोटो शेयर गर्दै भनिन्, ‘मेरी दुनिया’



एजेन्सी, १४ असार । बलिउड कलाकारहरु आलिया भट्ट र रणबीर कपुर लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सुरुवातको दिनमा उनीहरुले सम्बन्धको बारेमा लुकाउने गरेता पनि अब भने सम्बन्धको पृष्टि हुँदै आएको छ ।

आज अभिनेता रणबीरको आमा तथा कलाकार नितु कपुरले सामाजिक सञ्जाल इन्स्टाग्राममा आलिया र रणबीरसहितको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मेरी दुनियाँ’

फोटोमा रणबीर कपुर, रिद्धिमा कपुर, रिद्धिमाको छोरी र आलिया भट्ट देखिएका छन् । तस्वीरमा सबैजना मुस्कानसहित क्यामेरामा हेरिरहेको देखिन्छ ।

रणबीर र आलियाको विवाहको चर्चा समय–समयमा हुँदै आए पनि विभिन्न कारणले हालसम्म हुन सकेको छैन् । अब चाँडै नै आलिया र रणबीर एउटै फिल्म ‘ब्रह्मास्त्र’मा देखिदै छन् । आलिया र रणबीरबीच एक अर्काको पारिवारीक हिस्सा भैसकेको पनि जानकारहरु बताउछन् ।



प्रतिक्रिया दिनुहोस्